मेलम्ची खानेपानी विकास समितिका अनुसार अब आउने शुक्रबारदेखि काठमाण्डौमा पानी पठाउन बन्द गर्ने भएको छ । बर्षासँगै मेलम्ची नदीमा पानीको बहाब बढ्न थालेकाले आयोजनामा क्षति पुग्न सक्ने जोखिमलाई ख्याल गरेर सुरुङको मूलद्वार बन्द गर्ने निर्णय गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो ।