असार-१३, बिहिवार। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई २०८० को नतिजा सार्वजनिक गरेको छ । परीक्षामासहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै ग्रेड सहित उत्तीर्ण भएका छन् जस मध्य १८६ जनाले ४ जीपीए ल्याएकाछन् ।

आज बिहान करिब ९ बजे सार्वजनिक भएको नतिजा अनुसार कुल परिक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७ सय ८५ मध्ये २ लाख४२ हजार ९२ जना विद्यार्थीले ग्रेड सहित पास भएर कक्षा ११ मा पढ्न पाउने भएका छन्। जसम ५२.१४ प्रतिशत ननग्रेडमा रहेका छन्जसले पुन परिक्षा दिनु पर्ने हनेछ।

विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।

दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीलेअर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

परीक्षा २०८० चैत्र १५ देखि २७ गते सम्म संचालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *