असार १४ ,काठमाडौं ,महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएपछि नगर सभा बैठक प्रभावित भएको छ।शुक्रबार राष्ट्रिय सभा गृहमा बिहान ८ बजे बस्ने भनिएको बैठक मेयर बालेन उपस्थित नभएपछि सञ्चालन हुन नसकेको हो।
सभा गृहमा सबै नगर सभा सदस्य उपस्थित थिए। तर सभाको अध्यक्षता गर्ने मेयर बालेन नै उपस्थित नभएपछि सदस्यहरू फर्किएका छन्।वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगतका अनुसार कुनै पूर्वजानकारी बिना नै मेयर बालेन सभामा उपस्थित नभएका हुन्।
हामीलाई आज बिहान ८ बजे नगर सभा बस्ने भनेर सूचना प्राप्त भएको थियो उनले भने तर साढे १० बजेसम्म बस्दा पनि मेयर नआएपछि हामी फर्कियौं।
न्यायिक समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन, लेखा समितिको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको थियो। यसबारे मेयर बालेन शाहका स्वकीय सचिव भूपदेवलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन्।
