१६ असार, काठमाडौं । सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको भाउ भने स्थिर रहेको छ । तोलाको १ हजार ७९० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।
