काठमाडौं, असार १७ , नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ।

आइतबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन पनि प्रतितोला दुई सय रूपैयाँ नै बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, सोमबार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

शुक्रबारदेखि चाँदीको मूल्य स्थिर रहेको हो।