असार २१ ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिने भएका छन् ।

उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।

प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । नेपाली कांग्रेस र एमालेले मार्ग प्रशस्त गर्न आग्रह गरे पनि उनले आफूले विश्वासको मतको सामना गर्ने बताएका थिए ।

कांग्रेस र एमालेको गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति भएको छ ।