असार-२६, बुधवार। जारी कोपा अमेरिका २०२४ अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्यानडा माथी २-० को जीत निकालेको छ। जसमा क्याप्टेन मेसी र अलभारेज ले १-१ गोलको योगदान गरेका थिए।
यता क्यानडा ग्रुप स्टेजमा भएको २-० को हाराई बदला लिदै कोपा २०२४ को फाइनलमा पुग्ने आसाले खेलमा उत्रिए पनि सानत्वना गोल पनि गर्न सकेन।
क्यानडालाई शून्यमा रोक्न गोल किपर मार्टिनेजले २ वटा राम्रो सेभ गरेका थिए। हरेक खेलमा हिरो साविट रहेका मार्टिनेज यो प्रतियोगितामा पनि उतकृष्ट गोलकिपर सावित रहेका छन्।
खेलमा उतकृष्ट पर्दशन सहित एउटा एसिष्ट गरेका डिपोल म्यान अफ द म्याच भएका छन्।
९०+४ मिनेट सम्म संचालन भएको खेलमा क्यानडाले ३ वटा एलो कार्ड पाएको थियो भने अर्जेन्टिनाले १ वटा।
भोलि बिहान पौने ६ बजे कोलम्विया र युरुग्वे विचको विजेताले फाइनलमा अर्जेन्टिना संग उपाधिका लागि खेल्ने छन्।
यस अगाडी जारी युरोमा फ्रान्सलाई २-१ ले हराउदै स्पेन फाइनलमा पुगेको छ।
तस्विर:- अर्जेन्टिना सामाजिक सञ्जाल।
