असार-२६, बुधवार। जारी युरो २०२४ अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्स माथी २-१ को जीत निकालेको छ। जसमा म्यायान अफ दि म्याच यामल र डेनियल वोलमो ले १-१ गोल गरेका थिए।

यता फ्रान्सका कोलो मुआनिले सुरुवाति गोल गर्दै टिमलाई अग्रता दिए पनि १ गोलको अग्रता धेरै बेर राख्न साकेनन्।

९०+५ मिनेट सम्म संचालन भएको खेल रोमाञचक रहे पनि पहिलो हाफमा भएको २-१ गोल नै खेलको निर्णायक गोल सावित भए।

खेलमा ५८ % बल पोजिसन स्पेन संग थियो। स्पेनले ९ र फ्रान्सले १४ फल गरे पनि दुवै टोलि २-२ वटा एलो कार्ड पाएका थिए।

आजै अर्को तर्फ कोपा अमेरिका २०२४ को पहिलो सेमिफाइनल अर्जेन्टिना भर्सेस क्यानडा बिच नेपाली समय अनुसार बिहान पौने ६ बजे देखि हुदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *