असार ३०, काठमाडौं, नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँ ७५ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।