अत्तरिया जेसिज बर्ष २०२३ र साइन रेसुङ्गा बैंकको सहकार्यमा गोदावरी नगरपालीका वडा नम्बर ६ मा रहेको शैलेशवरी मा वि मा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ छ ।
साइन रेसुङ्गा बैंक शाखा अत्तरियाले अत्तरिया जेसिज संग सहकार्य गरी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको उपस्थीतीमा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको अत्तरिया जेसिजका कार्यकारी उपाध्यक्ष बम बहादुर बोगटीले बताए ।
उत्त कार्यक्रममा अर्थ तथा वित्त व्यवस्थापनका बारेमा विद्यार्थीहरुलाई जनाकराी गराईएको थियो । भविष्यका कर्णधार मानिने बालबालिकाहरुलाई अर्थ तथा वित्त सम्बन्धी ज्ञान अनिवार्य हुने भएकोले उत्त कार्यक्रमको आयोजना गरीएको साइन रेसुङ्गा बैंक शाखा अत्तरियाका प्रमुख लोकेश जोशीले बताए ।
