कृषिप्रधान देश नेपालमा कृषि उत्पादन गरेर बर्षैभरि खान पुग्ने परिवारको संख्या ज्यादै कम रहेको पाइएको छ। कृषि उत्पादन गरेर बर्षैभर खान पुग्ने परिवारको संख्या ४५ प्रतिशत मात्रै रहेको कृषि गणना ०७८ को तथ्यांकले देखाएको छ। बिहीबार सार्वजनिक सातौँ कृषि गणनाको तथ्यांकअनुसार ३९ लाख ९९ हजार परिवार खेतीपातीमा आबद्ध छन् भने एक लाख ३२ हजार परिवारले पशुपक्षी पालन गरेका छन्।
०६८ काे छैटौँ गणनाअनुसार ३७ लाख १६ हजार परिवारले खेतीपाती गरेको र एक लाख १६ हजारले पशुपक्षी पालेका थिए। अहिले यो परिवार संख्या बढेको पाइएको हो।
राष्ट्रिय कृषि गणना ०६८ मा २५ लाख हेक्टर कृषियोग्य जमिन थियो। हाल २२ लाख हेक्टर मात्रै कृषियोग्य जमिन छ। कृषिगणनाअनुसार कृषक परिवारको संख्या बढे पनि कृषियोग्य जमिन भने घट्दै गएको देखिएको छ।
