५ भदौ, काठमाडौं । बुधबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दा नेपाली बजारमा पनि सुनको मूल्य बढिरहेको छ ।
बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि हुँदा १ लाख ५३ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको हो ।
चाँदीको मूल्य पनि बुधबार तोलामा १५ रुपैयाँले वृद्धि भएर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
