९ भदौ, काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८१५ रुपैयाँ रहेको चाँदी यस दिन १८५० रुपैयाँ कायम भएको छ ।
