भदौ १०, काठमाडाैँ । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य सामान्य घटेको छ। सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।