१४ भदौ, काठमाडौं । सुनको भाउ शुक्रबार सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुन तोलामा ३ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ शुक्रबार १ लाख ५२ हजार ९ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८३० रुपैयाँ रहेको चाँदी शुक्रबार १८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
