बुधबार भएको आईसीसी यु–१९ टी–२० विश्वकप एसिया छनोटमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो । यूएईले दिएकाे ८४ रनकाे लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

यसअघि घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।

नेपालकी कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले दुई तथा रचना चौधरीले १ विकेट लिए ।