५ मंसिर, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार प्रतितोला ९ सय रुपैयाँ महँगिएको हो ।
यसअघि आइतबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता बढ्दै गएको सुन सोमबार १ लाख ६१ हजार, मंगलबार १ लाख ६२ हजार १ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँ महँगिएको छ । अघिल्लो दिन १९५५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० रुपैयाँमा झरेको छ ।
