यू-१९ एसिया कप क्रिकेट आजदेखि सुरू हुँदैछ। शुक्रबार युएईको सारजहा क्रिकेट स्टेडियमा यू-१९ एसिया कपका उद्घाटन खेल हुनेछ।

कुल आठ देश रहेको  प्रतियोगितामा नेपाल समूह बी मा छ। नेपालको समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्। समूह ए मा  भारत, पाकिस्तान, जापान र आयोजक युएई छन्। प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकासँग खेल्दैछ। खेल बिहान १०:४५ बजे सुरू हुनेछ।

एसिया कपमा नेपालले मंसिर १४ मा श्रीलंकासँग खेलेपछि दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।