नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।