१६ मंसिर, काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा ४ सय घटेर १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदीको भाउ आइतबार ५ रुपैयाँ घटेर तोलाको १ हजार ८ सय ४० मा किनबेच भइरहेको छ ।
