जय ट्रफी एलिट कप दुईदिवसीय प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबका स्पिनर शाहब आलमले एकै इनिङग्समा आठ विकेट लिएका छन्।
शाहबले नेपाल पुलिस क्लबविरूद्ध सोमबार आठ विकेट पूरा गरेका हुन्। शाहबले १५.१ ओभरमा २ मेडन राख्दा ५९ रन खर्चिए। उनी जय ट्रफीको एकै इनिङग्समा आठ विकेट लिने पहिलो बलर बने। अघिल्लो दिन आर्मीविरूद्ध पुलिसका स्पिनर ललितनारायण राजवंशीले सात विकेट लिएका थिए।
शाहबको आठ विकेटसँगै नेपाल पुलिस पहिलो इनिङग्समा १२५ रनमै अलआउट भएको छ। पुलिसका लागि गुल्सन झाले सर्वाधिक ४७ रन जोडे। त्यसअघि आइतबार वीरगञ्जमा टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मीलाई नेपाल पुलिस क्लबले पहिलो इनिङ्ग्समा १२१ रनमै अलआउट गरेको थियो।
