स्थापनाको पहिलो वर्षमा नै चैनपुर जेसीज (प्रस्थापित) ले खेलकुदको विकास एवं वडा दसै, तिहार लगायत पर्वहरुको शुभकामना आदानप्रदान गर्ने उदेश्यका साथ जेसीज कप खुल्ला नकाउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
फुटवल संघमा आबद्ध रेफ्रिद्धारा खेलाईने खेलमा सहभागिताका लागि क्लबहरुले रु ५५०० दर्ता शूल्क तिर्नु पर्नेछ। खेल मनहरी गापा-३ लामिटार खेल मैदानमा यही असोज २३ गते बाट संचालन हुने जानकारी चैनपुर जेसीज (प्रस्थापित) का संस्थापक अध्यक्ष जेसी गणेश अधिकारीले दिनु भएको थियो।
ईच्छुक क्लब हरुले असोज २१ गते १२ बजे भित्र आफ्नो नाम दर्ता गरि सक्नु पिर्ने छ र खेल तालिकाअसोज २१ गते ४ बजे नै सार्वजनिक हुने कुरा चैनपुर जेसीज (प्रस्थापित) का महासचिव जेसी रविन ढकालले हामीलाई जानकारी दिनु भयो।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५०५५५, ट्रफि, मेडल र प्रमाणपत्र त्यसैगरि द्धितीय हुनेले नगद रु २५५२५, ट्रफि, मेडल र प्रमाणपत्र भने विधागत उत्कृष्ट खेलाडीहरुले नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने जानकारी कार्यक्रम संयोजक तथा चैनपुर जेसीज (प्रस्थापित) का कार्यकारिणी उपाध्यक्ष जेसी प्रमोद अधिकारीले दिनु भयो।
