हालै सम्पन्न जय ट्रफीका दौरान अम्पायरसँग भएको विवाद सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई अनुशासनको कारबाही गरेको हो। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सन्दीपलाई सम्झौताको बुढा नं. ७ मा उल्लेख भएअनुसारको कारबाही गरिएको हो। उक्त कारबाहीअनुसार सन्दीपले कम्तिमा एक घरेलु प्रतियोगिता गुमाउने छन्।