चैत्र-२०, रूपन्देही। नयाँ वर्ष २०८२ सालको पावन अवसरमा सगरमाथा युवा क्लब कञ्चन-२ द्धारा आयोजित खुल्ला क्रिकेट प्रतियोगिताको ओपनिङ खेलमा कञ्चन जेसीजले विजयी सुरूवाट गरेको छ।

कञ्चन-२, मटेरियाको खेल मैदानमा भएको ओपनिङ गेममा आयोजक सगरमाथा युवा क्लब बि लाई ६ रनले पराजित गर्दै कञ्चन जेसीज आफ्नो पहिलो खेलमा जित दर्ता गर्न सफल भएको छ।

कञ्चन भित्र र आसपासमा रहेका प्रतिभाहरुलाई अवसर दिने उदेश्यले आयोजना गरिएको खुल्ला क्रिकेट प्रतियोगिता आज बाट सुरू भएर चैत्र ३१ गते समापन हुने छ।

मटेरिया खेल मैदानमा संचालित प्रतियोगितामा जम्मा १८ टिम सहभागी रहेका छन्। टिमलाई २ ग्रुपमा विभाजन गरेर खेल संचालन हुने छ। 

नकआउट चरणमा संचालन हुने खेलको विजेता टोलिले नगद २५००० सहित ट्रफि मेडल, द्धितिय टोलिले नगद १५००० सहित ट्रफि मेडल र म्यान अफ द सिरिजले २५०० प्राप्त गर्ने छन्। भने म्यान अफ द म्याचले मेडल प्राप्त गर्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *