चैत्र-२७, रूपन्देही। ईलाका प्रहरी कार्यलय रूद्रपुरको आयोजना तथा सहकारी संजाल कञ्चनको सह-आयोजनामा बैक, वित्तिय संस्था र सहकारीमा विध्यमान सुरक्षा चुनौती र समाधानका उपायहरु विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

आज ईलाका प्रहरी कार्यलय रूद्रपुरको कार्यलयमा भएको अभिमुखीकरण कार्यक्रममा कञ्चन गाउँपालिका भित्र कार्यक्षेत्र रहेका बैक, लघुवित्त तथा सहकारीबाट प्रमुख, अध्यक्ष, व्यवस्थापक र संचालक समितिबाट उपस्थिती रहेको थियो।

ईलाका प्रहरी कार्यलय रूद्रपुरका साहायक प्रमुख डिके खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उपस्थित सम्पूर्णले अहिले धेरै तिर भईरहेको चोरी डकैतीलाई कसरी सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा आ-आफ्नो धारण व्यक्त गर्नु भएको थियो भने सहायक प्रमुख खड्काले गर्न सकिने उपायमा ईलाका प्रहरी कार्यलय सधै सहकार्यमा रहने वताउनु भयो।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख, अध्यक्ष तथा संचालकहरुले बोल्दै सर्वप्रथम आ-आफ्नो सुरक्षाको शुभारम्भ आफुबाट गर्ने नभएका ठाउँमा सिसि क्यमरा राख्ने, व्यापक बढाउने, बिमा गर्ने जस्ता कुराहरुमा सजक रहने जानकारी गराउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *