सरकारले आगामी आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। संसदका प्रमुख दुई ठूला दल मिलेर बनेको सरकारले यसपालि विगतका जस्तो धेरै नाराहरू सहित नीति तथा कार्यक्रम पनि विगतको तुलनामा छोटो र छरितो छ। जस्तो कि चालु वर्षको नीति तथा कार्यक्रम ८४ पेजको २१७ बुँदाको थियो। आगामी वर्षको लागि ल्याइएको नीति तथा कार्यक्रम भने ५५ पेजको १५५ बुँदाको छ।

सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने जनाएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आर्थिक क्षेत्र सुधारलाई विशेष प्राथमिकतामा राख्दै यस क्षेत्रलाई गतिशील बनाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने उल्लेख छ।  

हेर्नुस् सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ: