त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडकखण्ड निर्माण सुधारका लागि थप पाँच दिन दिउँसो बन्द हुने भएको छ।
जेठ २६ गतेदेखि बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म थप बन्द हुने सडक विभागले शनिबार सूचना जारी गरेको छ
साना सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिइएको छ। सीतापाईला-रामकोट -धार्के सडक र सामाखुसी-टोखा-छहरे-त्रिशुली (विदुर)-गल्छी सडक वैकल्पिक रूट दिइएको छ।
