१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा दुई दिने विस्तारित बैठक गर्दै भावी रणनीति तय गर्ने भएको छ । रास्वपाले २१ र २२ कात्तिकमा चितवनको सौराहामा विस्तारित बैठक गर्न लागेको हो ।
विस्तारित बैठकमा चार प्रतिवेदन पेस हुने भएका छन् । राजनीतिक प्रतिवेदन कार्यवाहक सभापति डीपी अर्याल, चुनावी वाचापत्रको मस्यौदा उपसभापति डा. स्वर्णिम वाग्ले, सांगठनिक महामन्त्री कविन्द्र बुर्लाकोटी र उम्मेदवार चयन विधिको प्रतिवेदन सहमहामन्त्री विपिन आचार्यले प्रस्तुत गर्नेछन् ।
