१२ मंसिर, काठमाडौं । बसिर अहमदले सानदार ब्याटिङ गर्दै अविजित ६२ रन बनाएपछि विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।