निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो बर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो बर्गका लागि १८६ रुपैयाँ र तेस्रो बर्गका लागि १८७ रुपैयाँ पुगेको छ ।
यस्तै डिजेल/मट्टीतेलको मूल्य पहिलो बर्गका लागि १४९ रुपैयाँ ५० पैसाबाट बढेर १६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो बर्गका लागि १६६ रुपैयाँ र तेस्रो बर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

