काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यसअघि निर्माणाधीन नयाँ संसद् भवनबाट बजेट प्रस्तुत गर्ने तयारी गरिए पनि निर्माण कार्य सम्पन्न नभएकाले पुरानै बैठक हलबाट बजेट भाषण हुने भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार बनेपछि पहिलो पटक ल्याउन लागिएको बजेटप्रति सर्वसाधारण, निजी क्षेत्र तथा आर्थिक विश्लेषकहरूको विशेष चासो देखिएको छ। सरकारले खासगरी मध्यम वर्ग, साना व्यवसायी तथा कम आय भएका नागरिकलाई लक्षित कार्यक्रम ल्याउने संकेत गरेको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार बजेटमा करको बोझलाई केही सहज बनाउने, साना लगानीलाई प्रोत्साहन गर्ने, रोजगारी सिर्जना र आन्तरिक बजार चलायमान बनाउने योजनालाई प्राथमिकता दिइएको छ।

बजेटलाई अन्तिम रूप दिन अर्थमन्त्री वाग्ले बिहीबार रातिसम्म मन्त्रालयमै व्यस्त रहेको बताइएको छ। आगामी बजेटले आर्थिक गतिविधि विस्तार, उपभोग वृद्धि र बचत प्रोत्साहनमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई विशेष रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *