फिफा विश्वकप २०२६ मा कोलम्बियाले विजयी सुरूवात गरेको छ।

बिहीबार बिहान उज्वेकिस्तानलाई ३-१ गोलले पराजित गर्दै कोलम्बियाले जारी विश्वकपमा सुखद सुरूवात गरेको हो।

मेक्सिको सिटी स्टेडियममा खेलको ४० मिनेट ड्यानियल म्युनजले गोल गरी कोलम्बियालाई सुरूवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६० मिनेटमा उज्वेकिस्तानका अब्बोसबेक फैजउल्लेभले ६० मिनेटमा बराबरी गोल फर्काए। ६५ मिनेटमा कोलम्बियाका लुइस डियाजले गोल गरी फेरि टोलीलाई अग्रता दिलाए।

अन्तिम मिनेट (९०+९)मा जेमिन्टन कम्पाजले गोल गरेपछि कोलम्बिया ३-१ गोलले विजयी भएको हो। जितसँगै कोलम्बियाले ३ अंक जोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *