मोरङको जहदा गाउँपालिकाको वडा नम्बर १ मा रहेका दुई मदरसामा शैक्षिक सामग्री बितरण भएको छ । ३ नं वडा कार्यालयको सहयोगमा जहदा गाउँपालिकाको वडा नं १ मा रहेको मदीनतुल मदरसा र आरिफ हुसैन मदरसा सहित मदरसामा अध्ययनरत विद्यार्थीलाइ शैक्षिक सामाग्रि उपलब्ध गराईएको हो ।

उक्त मदरसामध्ये मदीनतुल मदरसालाई अध्यापनका निम्ति २ थान हवाईट बोर्ड, मार्कर र डस्टर सहित अध्ययनरत ५३ विद्यार्थीलाई कपि र पेन्सिल उपलब्ध गराईएको हो भने आरिफ मदरसालाई तीन थान हवाईट बोर्ड र डस्टर तथा मार्कर सहित त्यहाँ अध्ययनरत १५० विद्यार्थीलाई कपि सहितका शैक्षिक सामग्री उपलब्ध गराईएको हो । जहदा वडा नं ३ का वडाध्यक्ष अनिलकुमार ठाकुरले मदरसाका प्रधानाध्यापक र विद्यार्थीलाई शैक्षिक सामाग्रिहरु हस्तान्तरण गरेका थिए। ३ नं वडा कार्यालयले संचालन गर्दै आएको शिक्षित जहदा समृद्ध जहदा कार्यक्रम अन्तरगत ति मदरसाहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइएको वडाध्यक्ष ठाकुरले जानकारी दिनुभयो ।

By