ग्रामीण महिलाहरूलाई परिवार र समाजको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानमा पुर्‍याउने पवित्र उद्देश्यका साथ ग्रामीण महिला दिवस मनाउन लागिएको हो । महिलाहरूलाई घरको काम बाहेक आयआर्जन मूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउनु यो दिवस मनाउनुको अर्को ठुलो उद्देश्य हो । संयुक्त राष्ट्र सङ्घको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउने क्रम सुरु भएको हो ।

By