दसैंको मुखमा चिनीको हाहाकार भएपछि वाणिज्य विभागले उद्योगलाई चिनी दिन आग्रह गरेको थियो। सोही अनुरूप एभरेष्ट सुगर मिलले चिनी दिन थालेको वाणिज्य विभागका महानिर्देशक तीर्थ चिलुवालले जानकारी दिए।
उनकाअनुसार उद्योगमा पेप्सी, कोकाकोलालगायत कम्पनीले माग (अर्डर) गरेको चिनी मौज्दात छ। सोही चिनी उद्योगले अहिले बजारमा पठाएको हो। उद्योगबाट बुधबार (आज) ४ ट्रक चिनी बजारमा आइसकेको छ। सो परिमाणको चिनी काठमाडौं उपत्यकाका सबै खुद्रा पसलमा जानेछ। उनकाअनुसार उद्योगबाट सिधै खुद्रा व्यापारीले चिनी ल्याउँछन्। व्यापारीलाई आफूले खरिद गरेको मूल्यमा दुईदेखि तीन रूपैयाँ मात्रै नाफा राखेर बेच्न आग्रह गरिएको छ।
