काठमाडौं र यसआसपास क्षेत्रमा भूकम्प गएको छ । भूकम्पको धक्काले बडादसैँको तयारी गरिरहेका मानिस झस्किएका छन् ।
धादिङको खरीआसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
काठमाडौं उपत्यका धादिङ लगाएत मध्य बगमत, गण्डकी र लुम्बिनी प्रदेश आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।
