दशैं हर्षोल्लासको पर्व हो । परदेशमा गएको मान्छे घरआउने यता उता छरिएर रहेका मान्छे घरमा जम्मा भएर गरिने उत्सव हो । पर्वहरूका धेरै उद्देश्यमध्ये भेटघाट एक हो । स्वास्थ्यसँग पनि दशैंको सम्बन्ध जोडिएको हुन्छ । यस समय मिठा–मिठा खानेकुरा खाने गरिन्छ । परिवारसँगै बसेर मनोरञ्जन गरिन्छ । 

दशैं नेपालीहरूको ठूलो पर्व भएको हुनाले हर्षोल्लासका साथ मनाइन्छ । दशैंमा रोटे पिङ, लिंगे पिङलगायत अन्य विभिन्न किसिमका खेलकुद ठाउँअनुसार आयोजना हुन्छन् । ग्रामीण परिवेशमा परापूर्वकालदेखि दशैंमा पिङ खेल्ने चलन थियो ।

दशैंमा एक दिन भुइँ छोड्नुपर्छ भन्ने प्रचलन थियो । यसर्थ, दसैँ उमंगको पर्व हो । परिवार भेटघाट गर्ने अवसर हो । यस समय अन्नबाली फलेको हुन्छ । मानिसको काम गर्ने समय सकिएको हुन्छ । त्यही कारण फुर्सदमा बसेर मानिसहरू मनोरञ्जन गर्छन् । पिङ मनोरञ्जनको पराम्परागत माध्यम हो । स्थानीय सामग्री प्रयोग गरेर मानिसहरू मिलेर गाउँघरमा लिंगे पिङ, रोटे पिङ हाल्ने र खेल्ने गरिन्थ्यो । अहिले युट्युबमा भिडियो, टिकटक बनाउने, घुम्न जाने, सिनेमा हेर्न हलमा जानेजस्ता कार्य दशैंमा हुन थालेका छन् । पहिले–पहिले गाउँमा पिङ हालेपछि मात्रै दशैं लागेजस्तो हुन्थ्यो । दशैंमा एक दिन भुइँ छोड्नुपर्छ भन्ने मान्यता थियो । अहिले धेरै युवा बिदेसिएका छन् । त्यसैले पराम्परागत साधनहरू बनाउन र प्रयोग गर्न पनि कठिन भइरहेको छ । यद्यपि, हामीले गाउँघरमा यस्ता सामग्री र सीप जोगाउन आवश्यक छ । यसले हाम्रो मौलिकताको झल्को दिन्छ । 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *