तिहार आएसँगै बगैँचामा फुलेको फूलले छुट्टै रौनकता बढाएको छ । तिहारलाई सप्तरंगी टीका र सयपत्री अनि मखमली फूलको माला लगाउने पर्वका रुपमा मान्ने गरिन्छ । आँगनका डिल र बारीका कान्लामा सयपत्री फूल ढकमक्क फुलेका छन् । ढकमक्क फूलेका सयपत्री फूल देख्दा कसको पो मन लोभिदैन र ? घरका आँगन वरिपरि, बगैँचाभरि फुलेका फूलले सौन्दर्य मात्र नभई तिहारको चहलपहल बढाएको छ ।

By