विश्व मत्स्य दिवसको अवसरमा रुपन्देहीको सियारी गाउँपालिकामा रहेको दानब नदीमा ५० हजार माछाका भुरा छाडीएको छ ।
रुपन्देहीमा पशुंपक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देही, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देही, मत्स्य शुद्ध नष्ल तथा संरक्षण तथा प्रर्वद्धन स्रोत केन्द्र रुपन्देहीको आयोजनामा मत्स्य दिवस मनाईको हो । दिवसको अवसरमा जैविक बिविधताको संरक्षण गर्ने उदेश्यका साथ दानब नदीमा ५० हजार माछा छोडेर विश्व मत्स्य दिवस मनाइएको हो ।
