आज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस “क्लोज द केयर ग्याप” भन्ने नाराका साथ विश्वभर मनाइँदै छ । यस दिन क्यान्सरबाट जोगिन अपनाउनुपर्ने पूर्वसजगता र लागिसकेपछि गर्नुपर्ने उपचारबारे चेतनामुलक कार्यक्रम गरी मनाइन्छ । विश्व क्यान्सर दिवसको सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (ईएआरसी-डब्ल्यूएचओ)’ ले फेब्रुअरी १ मा सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टअनुसार विश्वभर २० मिलियन (२ करोड) नयाँ क्यान्सरका बिरामी पत्ता लागेका छन् भने ९.७ मिलियन मानिसहरुको मृत्यु क्यान्सरबाट भएको पाइएको छ ।

क्यान्सर रोग लाग्नुका विभिन्न कारणहरु छन् । तीमध्ये सुर्तीजन्य पदार्थको सेवन, धूमपान र मध्यपान, अव्यवस्थित जीवनशैली तथा खानपान र वंशाणुगत छन् । विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘सुर्ति, मदिरा, मोटोपन र वायु प्रदूषण पनि क्यान्सर जोखिमको कारण हो । यसको समाधान भएमा मानिसलाई क्यान्सरबाट बचाउन मद्दत मिल्ने छ ।’

By