सोमबार दिउँसो लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ । मिटरब्याज पीडित संसद् भवन परिसरमा कसरी प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरे पनि चासो देखाएका थिए । उनले आईजीपी बसन्त कुँवरलाई फोन गरेर यसबारे जिज्ञासा राखेका थिए ।
लघुवित्त पिडित कसरी निषेधित क्षेत्र पार गरेर संसद् भवन प्रवेश गरे भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ ।समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।
