नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेल आज नामिबियासँग खेल्दैछ । साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपालको तर्फबाट रोहित पौडेल र नामिबियाको तर्फबाट जेराल्ड इरास्मसले कप्तानी गर्नेछन् ।
नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ । लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ ।
