२३३ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङमा आएको नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो। जतिबेला टिमको स्कोर ४५ रन थियो। तर मिडिल ओभर समाल्न क्रिज प्रवेश गरेका भीम र ओपनिङ देखि आक्रम खेलेका अनिलले दोस्रो विकेटका लागि कीर्तिमानी अविजित १८९ रनको साझेदारी गर्दै ४४.३ ओभरमा नेपाललाई जित दिलाए।
यो एकदिवसीय क्रिकेटमा नेपालको सबभन्दा ठूलो साझेदारी हो। जसका लागि अनिलकुमार साह र भीम सार्कीले शतकीय पारि खेलेका थिय। एकदिवसीय क्रिकेटमा एउटै पारीमा दुई नेपाली ब्याट्सम्यानले शतक पूरा गरेको यो पहिलो पटक हो।
सुरुमा आक्रमक भए पनि अनिलले ११६ बलमा ११ चौका र एक छक्काको मद्दतमा शतक पूरा गरे भने भीमले १२७ बलमा ११ चौका र एक छक्काको मद्दतमा शतक बनाएका हुन् ।
खेलमा अविजित ११२ रन बनाएका अनिलकुमार साह म्यान अफ द म्याच भए भनि व्यस्ट डेलिभरी अफ द म्याचको अवार्ड डेव्यू बलर हेमन्त धामीले पाए।
यो संगै तिन म्याचमा ६ विकेट तथा ९५ रन बनाएका नेपाली क्याप्टेन रोहित पौडेल म्यान अफ द सिरिज भए। यसअघि भएको पहिलो एकदिवसीय खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटले नेपाल विजय भएको थियो।
