काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री
जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नेछिन् ।
