आज कल सबै ठाउँमा कम्प्युटरको उपयोग हुने गरेको छ । हामी सबैले कुनै न कुनै रूपमा यसको प्रयोग गर्दै आएका छौं । कम्प्युटरको उपयोग गर्दा यदि केही सामान्य कुरामा ध्यान दिने हो भने यसबाट हुन सक्ने दुष्परिणामबाट बच्न सकिन्छ ।
कम्प्युटर उपयोग गर्दा
आजकल सबै ठाउँमा कम्प्युटरको उपयोग हुने गरेको छ । हामी सबैले कुनै न कुनै रूपमा यसको प्रयोग गर्दै आएका छौं । कम्प्युटरको उपयोग गर्दा यदि केही सामान्य कुरामा ध्यान दिने हो भने यसबाट हुन सक्ने दुष्परिणामबाट बच्न सकिन्छ ।
पत्याउनुहुन्छ ? संयुक्त राज्य अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ अकुपेसनल सेफ्टी एन्ड हेल्थको एक अध्ययनमा दिनहुँ तीन घन्टाभन्दा बढी कम्प्युटरमा काम गर्ने ९० प्रतिशतभन्दा बढी व्यक्तिहरू असमयमा नै आँखाको विभिन्न रोगबाट ग्रस्त छन् । केही वर्षयता कम्प्युटरमा काम गर्नेहरूबीच विभिन्न शारीरिक समस्या समस्यासँगै रिपिटेटिभ स्ट्रेस इन्जुरी (आरएसआई) र कम्प्युटर भिजन सिन्ड्रोम (सीभीडी) मा समेत वृद्घ िदेखिँदै गरिएको छ । सीभीडीलाई बोलचालको भाषामा आँखाको आँसु सुक्ने रोगसमेत भनिन्छ, असावधानी गरे दृष्टिसमेत प्रभावित हुन सक्छ । यो रोगको सामान्य लक्षणमा आँखामा आँसुको अभाव, आँखाको तनाव, आँखा अति नै थाक्नु, आँखामा जलन, प्रकाशसँग आँखा अति संवेदनशील हुनु, दृष्टिमा धमिलोपनलगायत टाउको, बाहुला, घाँटी र ढाड दुख्नुसमेत हो ।
