लम्की जेसीजको आयोजनामा विधालय स्तरीय दोस्रो किसान सहकारी लम्की जेसीज कप २०८० क्रिकेट प्रतियोगीता २०८०/०७/१५ गते देखी ICC (International Cricket Council)को नियमअनुसार लम्कीचुहा नगरपालिका वडा नं ३ व्यवस्थितनगर क्रिकेट खेल मैदान कैलालीमा सञ्चालन हने भएको छ ।उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश भरी रहेका विधालयबिच शैक्षिक सत्र २०८० एस.ई.ई ( कक्षा १० )सम्मका विधार्थीहरूले सहभागी जनाउनेछन् ।

खेलमा क्रमशः आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
प्रथम पुरस्कार रु७१,१२१/-(ट्रफी,मेडल र प्रमाण पत्र),द्वितीय पुरस्कार रू ३५,१२१/-
Man Of The Series लाई नगद रु ५,१२१/- ट्रफी,मेडल र प्रमाण पत्र
Man Of The Match लाई नगद रू ५२१/- ट्रफी,मेडल र प्रमाण पत्र
Best Bowler लाई नगद रू ३,१२१/-ट्रफी,मेडल र प्रमाण पत्र
Best Batsman लाई नगद रू ३,२११/-ट्रफी,मेडल र प्रमाण पत्र
Rising Player लाई नगद रू ३,२११/-ट्रफी,मेडल र प्रमाण पत्र
Best Fielder लाई नगद रू ३,२११/-ट्रफी,मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।टिम दर्ता २०८०/०७/३ गतेसम्म शुल्क रु ११,१००/- सहित गरिसक्नुपर्नेछ ।पहिलो दर्ता भएको१६ वटा विधालयलाई मात्र प्रतियोगितामा खेलाईनेछ।

यस कार्यक्रमलाई लम्कीचुहानगर खेलकुद विकास समिति, लम्की लेडी जेसिज,नमस्ते युवा समूह ,पञ्चकोशी युवा क्लव , लियो क्लव अफ कैलाली लम्की,लम्कीचुहा क्रिकेट क्लव ,लम्कीचुहा फुटबल विकास समितिले समर्थन गरेको छ ।कार्यक्रमले विभिन्न विधालयबिच भावनात्मक सम्बन्ध बलियो बनाउनुका साथै स्थानिय स्तरमा अन्तरराष्ट्रीय स्तरका खेलाडी उत्पादन गर्नै उद्देश्य राखेको छ ।
