आज विजया दशमी आफु भन्दा ठुला वडा मान्यजनको हातबाट शुभ साइतको राटो टीका एवं जमरा लगाइ देश विदेशमा मनाईदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज टिकाको उत्तम साइत बिहान ११ः०२ बजे रहेको जनाएको छ । विजयादशमी आफैँमाशुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ ।
आफुले मान्ये हजुरबुबा, हजुरआमा, बा, आमा, गुरू पुरोहित मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथाप्रसाद थापी सुख समृध्दि एवं दीर्घायु आशीर्वाद थापी मनाईने चलन छ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्लदशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेरमनाइन्छ । आज बाट सुरू गरि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्
