कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) ले आयोजना गरेको ‘२९औँ क्यान इन्फोटेक’ को आज उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएको बताउनुभयो । सूचना प्रविधिको विकासबाट समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनसँगै त्यसले मूर्तरूप लिने दाबी गर्नुभयाे ।

सूचना प्रविधिसम्बन्धी रूपान्तरणकारी आयोजना सञ्चालन गरी देशको अर्थतन्त्र सबल बनाउँदै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले अब श्रमिक नभई सेवा निर्यात गर्ने देशका रूपमा विकास गरिनुपर्ने बताउनुभयो । मेलामा १ सय ५० भन्दा बढी स्थल रहेका छन् । मेलाको झन्डै ३ लाख ५० हजार जनाले अवलोकन गर्ने आयोजकको दाबी छ ।

By