
इलाम र बझाङमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य पदको उपनिर्वाचनको कार्यतालिका स्वीकृत भए संगै मिति २०८० फागुन १४ गते नै निर्वाचन आयोगका उपसचिव एंव सहायक प्रवत्ता डा. थानेश्वर भुसालले एक प्रेस विज्ञप्ति जारी गरी उप निर्वाचन तालिका सार्वजनिक गरेको छन्।
निर्वाचन आयोगको फागुन १४ गते स्वीकृत कार्यातालिका अनुसार फागुन १६ गते देखी मतदाता अद्यावधिक कार्यक्रम संचालन गरी चैत्र २२ गते अन्तिम नामावलि प्रकाशन हुनेछ। निर्वाचन आयोगले पुन सुचना जारि गरि फागुन २४ गते देखी ३० गते सम्म निर्वाचनमा भाग लिन चाहने दलहरुलाई दल दर्ता गर्ने समय प्रदान गर्नेछ।

निर्वाचन आयोगले चैत्र २२ मा नै मुख्य निर्वाचन आयुत्तको नियुत्ति र कार्यालय स्थापनाको काम गर्ने छ। फागुन १४ को स्वीकृत कार्यातालिका अनुसार चैत्र २४ गते उमेदवार मनोनयन दर्ता गरी प्रकिया सहित चैत्र २७ गते उमेदवारको अन्तिम नामावलि प्रकाशन र चुनाव चिन्ह वितरण गर्ने छ।
अन्तिम नामावलि र चुनाव चिन्ह पाए पछि चैत्र २८ देखी वैशाख १२ गते सम्म राजनितिक दल तथा स्वतन्त्र उमेदवारलाई प्रचार प्रसारको समय प्रदान गरी वैशाख १५ गते विहान ७ बजे देखी साँझ ५ बजे सम्म सम्वन्धित मतदान केन्द्रमा मतदान कार्य संचालन हुनेछ।

