नेपाल जेसीजको आयोजनामा फागुन ११ र १२ गते चितवन सौराहामा National Councillors’ Academy सम्पन्न भएको छ।

नेपाल जेसीज अन्तर्गत रहेका देशभरका १७८ शाखाबाट उपस्थित शाखा अध्यक्ष ज्यूहरु, नेपाल जेसीजका बोर्ड पदाधिकारी ज्यूहरु, पूर्वअध्यक्ष ज्यूहरु, राष्ट्रिय तथा क्षेत्रीय मनोनित डाइरेक्टर ज्यूहरु लगायत आमन्त्रित अतिथिगणहरुका माझ उद्घाटन भएको एकेडमीकोउद्घाटन सामाजिक  विकास  मन्त्री माननीय कुमारी मोक्तान ज्यूले गर्नु भएको थियो।

नेपाल जेसीज वर्ष २०२४ का ब्राण्ड एमवास्डर शाखा अध्यक्ष ज्यूहरुको क्षमता अभिबृद्धि र शाखा संचालनमा थप सहयोग पुग्ने उदेश्यलेआयोजना गरिएको एकेडमी यो वर्ष विगत भन्दा फरक र जेसीआईको फर्मेटमा गरिएको थियो। 

नेपाल जेसीज वर्ष २०१७ का राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाश प्रसाद अधिकारीको प्रमुख प्रशिक्षणमा सम्पन्न भएको एकेडमीमा ७ फरकविषय वस्तुमा फरक फरक प्रशिक्षकबाट प्रशिक्षण र १ वटा जेसीआई फर्मेटमा शाखा अध्यक्षहरु संग संसदीय वैठक प्रणालीबाट वैठकसम्म संचालन गरियो जसको अध्यक्षता राष्ट्रिय अध्यक्ष सिनटर रविन पोख्रेलले गर्नु भएको थियो।

त्यस लगतै अर्को सेसन नेपाल जेसीज वर्ष २०१७ का राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाश प्रसाद अधिकारीले संचालन गर्नु भएको थियोजसमा शाखा अध्यक्षहरुले आफ्नो वर्ष कसरी उत्कृष्ट बनाउने र आफु कसरी सफल हुने भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो।

दुई दिन सम्म संचालन भएको तालिममा नेपालका चर्चित कलाकार माहानायक राजेश हमाल देखी मोटिभेसनल स्पिकर सौरभ लोहनीसम्मले आफ्नो प्रशिक्षण प्रदान गर्नु भएको थियो।

दुई दिन सम्म संचालन भएको एकेडमीको उद्घाटन सत्रमा राष्ट्रिय युवा परिषद र नेपाल जेसिजका विच युवा नेतृत्व विकास र नीतिप्रवर्धनका साझा क्षेत्रमा काम गर्ने नीतिगत समझदारी सहित MOU सम्झौता समेट भएको छ। सम्झौता पत्रमा नेपाल जेसीजकोतर्फबाट वर्ष २०२४ का अध्यक्ष सिनेटर रविन पोख्रेल र राष्ट्रिय युवा परिसदको तर्फबाट कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले हस्ताक्षर गर्नुभएको थियो। सम्झौता पत्रमा हस्ताक्षर गर्दै कार्यकारि उपाध्यक्ष बस्नेतले झण्डै ६ दशक पुरानो इतिहास वोकेको नेपाल जेसिजकावर्तमान अध्यक्ष रविन पोखरेलजी सहितको टिमलाई यस तत्परताका निम्ति धन्यवाद समेट व्यक्त गर्नु भयो।

एकेडमी उद्घाटन सत्रको अध्यक्षता राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोख्रेलले गर्नु भएको थियो भने, आस्था पाथ राष्ट्रिय उपाध्यक्ष जेसीसपना पौडेल, जेसीआई मिसन राष्ट्रिय उपाध्यक्ष जेसी राजन शर्मा पौडेल, जेसीआई भिजन राष्ट्रिय उपाध्यक्ष जेसी बहादुर तामङले गर्नुभएको थियो भने कार्यक्रमको संचालन राष्ट्रिय महासचिव जेसी सरोज अधिकारीले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *